Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

अर्थ सरोकार

काठमाडौँ । विगत केही दिनदेखि उच्च वृद्धि भएको सुनचाँदीको मूल्यमा बिहीबारदेखि सामान्य गिरावट आएको छ । शुक्रबारको तुलनामा आज बजार खुल्दा सुन तोलामा रु ५०० ले बढेको छ भने र चाँदी रु १० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९५ हजार २०० तथा सोही परिमाणको चाँदीको मोल रु दुई हजार १६० निर्धारण भएको छ ।

शुक्रबार प्रतितोला सुन रु एक लाख ९४ हजार ७०० र चाँदी रु दुई हजार १५० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३६७ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK