काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले मेडिकल अधिकृत माग गरेको छ । बोर्डले करार सेवामा ९० दिनका लागि १८० जना मेडिकल अधिकृत माग गरेको हो ।
यो जनशक्ति बीमा दाबी भुक्तानीको रुजु गर्न र सिफारिस गर्नका लागि माग गरिएको हो । पर्याप्त जनशक्ति नहुँदा बोर्डमा रुजु र सिफारिसको काम बाँकी छ ।
उक्त पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट एमबिबिएस उत्तीर्ण गरी मेडिकल काउन्सिलको प्रमाण पत्र प्राप्त गरेको हुनुपर्नेछ । त्यस्तै, आवेदन दिने व्यक्ति २१ वर्ष पुरा गरी ४५ वर्ष ननघेको हुनुपर्ने बोर्डको सुचनामा उल्लेख छ ।
बोर्डको सूचना अनुसार मेडिकल अधिकृतले नेपाल सरकारले तोकेको आठौँ तहको सुविधा पाउनेछन् ।
उक्त पद इच्छुक तथा योग्यता पुगेका चिकित्सकले सुचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिनुपर्नेछ ।
यस्तो छ बोर्डको सुचना:

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्