×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर… (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर… (विवरणसहित)

Artha Sarokar

१० असार २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ११ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १५९ रुपैयाँ ४८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ २९ पैसा र बिक्रीदर १८६ रुपैयाँ नौ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपैयाँ १९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ३७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ४८ पैसा र बिक्रीदर १०० रुपैयाँ ९१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ १२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५९ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३७ पैसा र बिक्रीदर नौ रुपैयाँ ४१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ २७ पैसा र बिक्रीदर १९ रुपैयाँ ३५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३७ रुपैयाँ आठ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ र बिक्रीदर ३८ रुपैयाँ १६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ २० पैसा र बिक्रीदर चार रुपैयाँ २२ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ २५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर १० रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २२ पैसा र बिक्रीदर १४ रुपैयाँ २९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ २९ पैसा र बिक्रीदर २१ रुपैयाँ ३८ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७ रुपैयाँ ७२ पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रुपैयाँ छ पैसा र बिक्रीदर ४५४ रुपैयाँ दुई पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रुपैयाँ ११ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ७० पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३६१ रुपैयाँ ३० पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

विदेशी मुद्राको विनिमय दर सम्बन्धी दैनिक विवरण अर्थ सरोकार डटकममा अटो अपडेट हुन्छ । हरेक दिन अपडेट भएको विनिमय दर सम्बन्धी विवरण अर्थ सरोकार विनिमय दर पेजमा हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी