काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संसद्मा जवाफ दिने भएको छन् । भिजिट भिसा प्रकरणमा आफ्नो नाम मुछिएपछि उनले आज (बुधबार) दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा जवाफ दिने बताइएको छ ।
मूलतःः आजको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले ‘आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने कार्यसूची छ ।
तर, भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नताबारे छानबिन गर्न र गृहमन्त्रीको राजिनामा माग्दै विपक्षी दलले निरन्तर संसद्मा अवरोध गर्दै आएपछि गृहमन्त्रीले सो विषयमा संसद्मा जवाफ दिने तयारी गरेका हुन् । तर, विपक्षी दलहरुले भने २०६४ यताका गृहमन्त्रीहरुमाथि छानबिन गर्न सरकार तयार भए मात्रै गृहमन्त्रीलाई संसद्मा बोल्न दिने अडान लिएका छन् ।
यता भिजिट भिसा प्रकरणकै कारण संसद् अघि बढ्न नसक्ने स्थिति देखेको सरकारले विपक्षीको सो माग पूरा गरेर संसद्को गतिरोध हटाउने कि ! भन्ने विषयमा छलफल गरिरहेको बताइएको छ ।
त्यसबाहेक बुधबार संसद्मा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची रहेको छ । यता अर्थमन्त्रीले राष्ट्रिय सभाको बैठकमा पनि ‘राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्