×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रतिनिधि सभा बैठकः बल्लबल्ल सुरु भयो, एकछिनमै सकियो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

प्रतिनिधि सभा बैठकः बल्लबल्ल सुरु भयो, एकछिनमै सकियो

Artha Sarokar

२६ जेष्ठ २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । विगत केही दिनदेखि लगातार स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक सोमबार पनि स्थगित भएको छ । संसद् बैठकमा विपक्षी दलले अवरोध गरेपछि बैठक सुरु भएको केही मिनेटमै स्थगित भएको हो । 

बैठक सुरु हुनेबित्तिकै गृहमन्त्री रमेश लेखकको राजिनामा माग्दै विपक्षी दलले उठेर संसद्मा विरोध जनाएको थिए । 

विपक्षी दलको अवरोधकै बीच संसद् चल्ने स्थिति नदेखेपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरिएको जानकारी दिएका छन् । संसद्को अवरोध हटाउन निरन्तर छलफल गरिरहेको भए पनि सहमति हुन नसकेको सभामुखले जनाएका छन् । 

यसो त विपक्षीले अवरोध गरे पनि सत्तापक्षले पेलेरै संसद् चलाउने तयारी गरे पनि अवस्था झन् बिग्रिने देखेपछि बैठक नै स्थगित गरिएको छ । हाल पुनः संसद् सञ्चालनका लागि छलफल भइरहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी