×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘युवाहरु सही बाटोमा हिँडे देशले सही बाटो समात्छ’- प्रधानमन्त्री

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘युवाहरु सही बाटोमा हिँडे देशले सही बाटो समात्छ’- प्रधानमन्त्री

Artha Sarokar

९ असार २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरु भ्रमित भएमा परिवर्तन र अग्रगमनको गति सुस्त हुने बताएका छन् । राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सोमबार सम्बोधन गर्दै उनले युवाहरुले व्यक्तिको नभई सही विचार र नेतृत्वको पक्षपोषणमा लाग्नुपर्नेमा जोड दिएका हुन् ।

उनले सही ढंगले नेतृत्व गर्न सक्ने व्यक्तिप्रति युवाहरु असहिष्णु हुनु हुँदैन भन्दै इनोभेटिभ तरिकाले गर्ने खोजका कामहरु विश्वमा युवाहरुले नै गरेकाले आफ्नो क्षेत्रमा दक्षता हासिल र नयाँ उपलब्धि हासिल गर्न अग्रसर हुन आव्हान गरेका छन् । 

त्यस्तै, आफूहरुलाई सिध्याउँछौँ भनेर प्रतिक्रियावादीहरु लागे पनि आफूहरु मजबुद हुन सक्नुमा सही विचार र सही नेतृत्व भएकाले पार्टी एकीकरण गरेर नेकपा बनाएको तर पार्टीमा विभाजन गराइएकाले फेरि पार्टीलाई जस्ताको त्यस्तै बनाएर अघि बढेको त्यो सामर्थ्य एमालेसँग भएको पनि ओलीले बताएका छन् । 

उनले युवा सङ्घ जनताको स्वाभिमानको मजबुत किल्ला भएकाले यसलाई कसैले भत्काउन नसक्ने पनि उनले उल्लेख गरेका छन् । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी