Skip to content
LAXMI SUNRISE BANK

काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख पाण्डे निलम्बनमा !

अर्थ सरोकार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डे निलम्बनमा परेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि पाण्डे निलम्बनमा परेका हुन्।

गत चैत २१ गते आफू कार्यालय फर्किएको समयमा प्रहरी परिचालन गरेर रोकेको भन्दै गुरागाईँले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए।

महानगर स्रोतका अनुसार पाण्डेलाई ६ महिनाका लागि निलम्बनमा राखेर छानबिन गर्न जाँचबुझ समिति गठन गर्न लागिएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK