Skip to content
LAXMI SUNRISE BANK

कुमारी बैंकका ग्राहकहरूलाई भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा १५ प्रतिशत छुट

अर्थ सरोकार

काठमाडौँ। कुमारी बैंकका ग्राहकहरूलाई भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा छुट हुने भएको छ।  बैंकका ग्राहकहरूलाई भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट हुने भएको हो।

बैंक र गुर्जुधारा, काठमाडौँस्थित भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालि (गुर्जुधारा ट्रायल सेन्टर) बीच एकेडेमीबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

सम्झौता अनुसार यातायात व्यवस्था कार्यालय ठूलो भर्यााङ्गले सवारी चालक अनुमतीपत्रको लागी प्रयोगात्मक परिक्षा सञ्चालन गराउँदै आएको गुर्जुधारास्थित भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालिमा उपलब्ध सम्पूर्ण ड्राइभिङ्ग कोर्सहरुमा कुमारी बैंकका ग्राहकहरुलाई १५ प्रतिशत छुट उपलब्ध गराइने भएको छ ।

विगत २४ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना ग्राहकहरुको सुबिधाको लागि विभिन्न क्षेत्रका व्यवसायीहरुसँग समन्वयन गरि छुट तथा किस्ताबन्दीका सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।

बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका लागि सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK