काठमाडौँ । बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत असार १ गते आइतबार बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको हो ।
राष्ट्र बैंकले बैंकिङ प्रणालीमार्फत तान्न लागेको उक्त निक्षेपको अवधि ४२ दिनको हुनेछ ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप बढिरहे पनि कर्जा लगानी सुस्त हुँदा बैंकहरुमा तरलता थुप्रिरहेको छ । यसरी बैंकिङ प्रणालीमा थुप्रिएको तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले विभिन्न समयमा रिभर्स रिपो अर्थात निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीबाट पैसा तान्दै आएको छ ।
आइतबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ–ब्याज २०८२ साउन ११ गते भुक्तानी हुनेछ ।
पछिल्लो रिपोर्ट अनुसार बैंकहरुको कूल निक्षेप ६९ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ । तर यता कर्जा लगानी ५५ खर्ब ५९ अर्ब रुपैयाँ हाराहारी मात्र भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्