काठमाडौँ । महालक्ष्मी विकास ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२५-संस्करण ४’ सम्पन्न भएको छ । बैंकको ३१औं वार्षिकोत्सवको अवसरमा जेठ २१ गते बुधबार देखि जेठ २४ गते शनिबारसम्म आयोजित उक्त कार्यक्रम सम्पन्न भएको हो ।
उक्त प्रतियोगिताको उपाधि प्राइम कमर्सियल बैंक लिमिटेडले जित्न सफल भएको छ भने नबिल बैंक लिमिटेडले द्वितीय स्थान हासिल गर्न सफल भएको छ । प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाहरु, बीमा कम्पनीहरु, मर्चेन्ट बैंंकहरु तथा लघुवित्त वित्तीय संस्थाका २४ टिमले सहभागिता जनाएका थिए ।
विजेता प्राइम कमर्सियल बैंकलाई नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्र तथा बैंकका अध्यक्ष राजेश उपाध्यायले संयुक्त रुपमा विजेता ट्रफी हस्तान्तरण गरेका हुन् ।
उक्त प्रतियोगितामा उत्कृष्ट फिल्डर नबिल बैंक लि.का अमृत चौलागाई, उत्कृष्ट विकेट–किपर नबिल बैंक लिमिटेडका विजय पारा लिम्बु, उत्कृष्ट बलर एन.एम.बी बैंकका अनिल बर्तौला, उत्कृष्ट ब्याट्सम्यान तथा उत्कृष्ट खेलाडी आइ.सि.एफ.सि.फाइनान्सका सुरज तिमिल्सिनाले जितेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्