काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरका ४४ वर्षीय रबिन्द्र बासुकला रहेका छन् ।
उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले जेठ २६ गते पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले वैदेशिक रोजगारीका लागि क्यानडा पठाउने भन्दै पीडितबाट ५ लाख ६० हजार रुपैयाँ ठगी गरेर सम्पर्क विहीन भएका थिए ।
हाल उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।