काठमाडौँ । माओवादी केन्द्रका सांसद मायाप्रसाद शर्माले भिजिट भिसा प्रकरणमा संलग्न कर्मचारीलाई सरकारले किन कारवाही नगरेको ? भन्दै प्रश्न उठाएका छन् । बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद शर्माले यस्तो प्रश्न गरेका हुन् ।
‘भिजिट भिसा प्रकरणको आवरणमा मानव तस्करीमा संलग्न कर्मचारीलाई सरकारले किन कारवाही गरेन ?’, उनले प्रश्न गर्दै भने, ‘अख्तियार नै अगाडि बढ्नुपर्ने स्थिति किन पैदा भयो ?’
त्यस्तै, उनले भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करी प्रकरणमा निष्पक्ष छानविनका लागि गृहमन्त्री रमेश लेखकले पदबाट राजिनामा दिनुपर्ने बताएका छन् । ‘‘गृहमन्त्री दोषी हुनुहुन्छ भन्ने प्रतिपक्षको विषय छैन, होइन । तर छानविनका निमित्त उहाँले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुभयो भने सजिलो हुन्छ ।’, उनले भने ।
गृहमन्त्रीमाथि नै प्रश्न उठ्दा पनि पद नछोड्दा छानविनमा प्रभाव पर्नसक्ने भएकाले कानूनी र नैतिक दृष्टिकोणले गृहमन्त्रीको राजीनामा उपयुक्त हुने पनि सांसद शर्माको भनाई छ । साथै उनले सरकारले हाल मुलुकमा सुशासन कायम गर्न नसकेको समेत आरोप लगाएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्