काठमाडौँ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले मौद्रिक नीति सीमित व्यक्तिलाई हेरेर निर्माण नहुने बताएका छन् । काठमाडौँमा आयोजित ‘प्रि मनिटरी पोलिसी डिस्कसन’ कार्यक्रममा बोल्दै उनले मुलुकको निजी क्षेत्रसँगै मुलुकको अर्थतन्त्रको विकास हुनेगरि मौद्रिक ल्याइने बताएका छन् ।
समग्र अर्थतन्त्रको विकासको लागि मौद्रिक नीति बनाइने उनको भनाई छ । डेपुटी गभर्नर मिश्रका अनुसार मौद्रिक नीतिका क्रममा आउने सुझावहरुलाई राष्ट्र बैंकले ग्रहण गरिरहेको छ ।
नेपाल राष्ट्र बैंक सरकारको सल्लाहकार भएकाले हरेक विषयलाई मौद्रिक नीतिले सन्तुलन गरेर जाने मिश्रले बताए । सबै उद्योगी र व्यवसायीलाई हेरेर समग्र अर्थतन्त्रको विकास हुनेगरि मौद्रिक नीति ल्याउने मिश्रको भनाई छ ।
‘नियामकिय र मौद्रिक नीतिलाई मिलाएर जानुपर्छ भन्ने कुराहरू हामीले गर्दै आएका छौँ । नेपाल राष्ट्र बैंक सरकारको सल्लाहकार भएकाले हामी हरेक कुरामा सन्तुलन गरेर जानुपर्छ र जान्छौँ भन्ने छ । तर हामीले जहिले पनि नकारात्मक मात्रै कुरा गर्न जरुरी छैन ।’, उनले भने, ‘पब्लिक पोलिसी जारी गर्न र मौद्रिक नीति ल्याउने कार्य सहज छैन । एउटै जहाज बसेका निजी क्षेत्र र राष्ट्र बैंक भएकाले केन्द्रीय बैंकले निजी क्षेत्रलाई बेवास्ता गरेर नीतिगत व्यवस्था ल्याउने छैन । सीमित व्यक्तिलाई मात्रै सम्बोधन गर्ने गरी राष्ट्र बैंकले नीति निर्माण गर्ने छैन ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्