काठमाडौँ । ऋण मिलाइदिने भन्दै घुस लिएको प्रमाणित भएपछि नेपाल बैंकका तत्कालीन अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्धा दर्ता गरेको छ ।
ठुलो ऋणमा २ प्रतिशत मागेर सन्तोष सुवेदी नाम गरेका विचौलियामार्फत घुस खाएको भेटिएपछि अधिकारीविरुद्ध मुद्दा दर्ता भएको हो । तर, नेपाल बैंकका लागि यो घुस काण्ड भने नौलो होइन । बैंकको बोर्डमा मात्र होइन, बैंकका शाखा शाखामा घुस खानेकै हालीमुहाली रहेको तथ्य भेटिएको छ । अझ, सो तथ्य बैंककै इन्टरनल अडिट रिपोर्टले पनि पुष्टी गरेको छ । यसरी बैंकको शाखादेखि बोर्डसम्म घुस खानेकै हालीमुहाली देखिएको पाइएको छ । यतिसम्मकि बैंकमा ‘नो कमिसन, नो बिग लोन’ भन्ने चर्चा नैसमेत हुने गरेको पाइएको छ ।
स्वयम् बैंककै इन्टरनाल अडिट रिपोर्टमा पनि नेपाल बैंकका विभिन्न शाखामा त्यहाँका ब्रान्च मेनेजरले घुस खाएर ऋण दिने गरेको, र कतिपयले त सो ऋण आफैँ प्रयोग गरेकोसमेत उल्लेख गरिएको छ । बैंकका कतिपय ब्रान्च मेनेजरले सबै कागज नक्कली बनाएर ऋण दिलाईदिने काम गर्ने र सोवापत मोटो रकम घुस खाने वा आफैँ सो रकम चलाईदिने गरेकोसमेत तथ्य स्वयम् बैंककै आन्तरिक लेखापरीक्षणका क्रममा फेला परेको हो ।
केहि समयअघि मात्र बैंकको रौतहटस्थित समनपुर शाखाबाट भएको ऋण घोटाला काण्डको रहस्य बाहिर आएको थियो । सो घटनामा नक्कली कागजात बनाएर बैंकले ऋण दिएको खुलासा भएको थियो ।
बैंकका इन्टरनल अडिट विभाग प्रमुख खड्गसिंह मोक्तान तयार गरेको प्रतिवेदनमा नक्कली व्यवसाय खडा गर्न लगाई ग्राहकलाई कर्जा प्रदान गरेको गराएको, धितो सुरक्षणको अधिक मुल्यांकन गरे गराएको, ग्राहकहरुबाट कर्जा लगानी गरेबापत अवाञ्चित रकम घुस लिएको, व्यवसाय नै संचालन नरहेको फर्महरुको स्थलगत निरिक्षण प्रतिवेदनमा झूटो विवरण राखी कर्जा लगानी गरेको र सो ऋण नविकरण समेत गरेको भनी प्रतिवेदन तयार गरेका थिए ।

सो शाखामात्र होइन बैंकका अन्य थुप्रै शाखामा पनि घुस लिएरै ऋण प्रवाह भएको पाइएको छ । तर यसरी खुलेआम घुस लिनेलाई बैंकका सीइओ तिलकराज पाण्डेले उल्टै संरक्षण गरेकोसमेत पाइएको छ । यसो त पाण्डेविरुद्ध पनि अख्तियारमा आधा दर्जन बढी उजुरी उपर अनुसन्धान जारी छ । यद्यपी, ‘ठुलो राजनीतिक नेक्सस’का कारण पाण्डेविरुद्ध कारवाही हुनेमा बैंकका कोहि पनि विश्वस्त छैनन् ।
बैंककै कर्मचारीको दाबी, ‘नो कमिसन, नो बिग लोन´ नारा नै छ’
यता बैंकका सिनियर कर्मचारीहरुलेसमेत कमिसन नपाई बैंकबाट ठुला फाइलहरु सदर नहुने गरेको आरोप लगाएका छन् । ‘तत्कालीन अध्यक्ष चन्द्र बहादुर अधिकारी सरले नजानेर हो, बैंकिङ च्यानलमार्फत घुस खाएर मात्र उहाँ फस्नुभएको हो, यहाँ त चन्दाका नाममा, वा एकासगोलको परिवार नहुने गरी, नजिकका साथीभाई तर परिवार नदेखिनेगरी घुस खाएर त्यसलैई सेटल गराउने काम हुने गरेको छ । बैंकका सिनियर हाकिमका रहनसहन र सम्पत्ति विवरणउपर खोजिनिधि गर्ने हो भने सब तथ्य बाहिर आईहाल्छ ।’ बैंकका एक अर्का सिनियर हाकिमले अर्थ सरोकारसँग भने, ‘मैले त पहिला पनि हाकिम सरहरुलाई तपाईंहरु सबै जेल जानुहुन्छ भनेकै हो, सीइओ सर मुसुक्क हाँस्ने मात्र, अरु हाकिमका कुरै ठुला । तर बैंकमा हदैसम्मको घुसखोरी अहिलेसम्म पनि चलिरहेको छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्