×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘नेपालले मान्छेबाहेक अरु निर्यात गर्न सकेन’- शेरबहादुर देउवा 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘नेपालले मान्छेबाहेक अरु निर्यात गर्न सकेन’- शेरबहादुर देउवा 

Artha Sarokar

२८ जेष्ठ २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले मान्छे बाहेक अरु निर्यात गर्न नसकेको बताएका छन् । काँग्रेसको केन्द्रिय आपूर्ति तथा उपभोक्ता विभागले आयोजना गरेको ‘आर्थिक वर्ष २०८२/८३ को बजेटले उपभोक्ता बजार आपूर्ति शृङ्खलामा पार्ने प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै देउवाले यस्तो बताएका हुन् । 

उनले सीमानाकामा नेपाली नागरिकहरुलाई धेरै दुःख दिन नहुने पनि बताएका छन् । नेपाल आयातमा निर्भर रहेको भन्दै आत्मनिर्भरतातर्फ अग्रसर हुनुपर्नेमा देउवाले जोड दिएका छन् । 

उद्योगपतिले उद्योग खोल्ने र व्यापारीले व्यापार गर्नुपर्ने भन्दै देउवाले व्यापारी र उद्योगीहरुलाई उद्योग खोलेर व्यापार गर्न आग्रह गरेका छन् । साथै उद्योगीलाई सहयोग गर्न आफूहरु तयार रहेको समेत देउवाले बताएका छन् । उनले नेपालको उत्पादन गुणस्तरीय हुन सके विश्व बजारमा प्रतिष्पर्धा गर्न सकिने बताएका छन् । 

त्यस्तै, सभापति देउवाले जलवायु परिवर्तनका कारणले नेपालका हिमालहरु नाङ्गो भइसकेको बताएका छन् । उनले नेपालले ४० प्रतिशत जङ्गल बचाउँदा केही राहत भइरहेको र हिमाल बचाउन महत्वपूर्ण कदम चाल्नुपर्ने बताएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी