Skip to content
LAXMI SUNRISE BANK

मौद्रिक नीतिको तयारीमा जुट्यो राष्ट्र बैंक, माग्यो सुझाव 

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८/८३ को मौद्रिक नीतिका लागि सुझाव मागेको छ । 

आगामी आर्थिक वर्षको मौद्रिक निती जारी गर्ने तयारी स्वरुप राष्ट्र बैंकले सोमबार सार्वजनिक सूचना जारी गर्दै विभिन्न सरोकारवाला निकायहरुसँग मौद्रिक नीतिका लागि सुझाव मागेको हो । 

सूचनामा उल्लेख भएअनुसार सरोकारवाला निकायहरूले आउँदो असार १० गतेभित्र आफ्नो राय-सुझाव राष्ट्र बैंकलाई पठाउन सक्नेछन् । सुझाव राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा ई-मेलमार्फत पठाउन सक्नेछन् । 

राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्था अनुसार नयाँ आर्थिक वर्ष सुरु भएको १५ दिनभित्र मौद्रिक नीति जारी गर्नुपर्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK