काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८/८३ को मौद्रिक नीतिका लागि सुझाव मागेको छ ।
आगामी आर्थिक वर्षको मौद्रिक निती जारी गर्ने तयारी स्वरुप राष्ट्र बैंकले सोमबार सार्वजनिक सूचना जारी गर्दै विभिन्न सरोकारवाला निकायहरुसँग मौद्रिक नीतिका लागि सुझाव मागेको हो ।
सूचनामा उल्लेख भएअनुसार सरोकारवाला निकायहरूले आउँदो असार १० गतेभित्र आफ्नो राय-सुझाव राष्ट्र बैंकलाई पठाउन सक्नेछन् । सुझाव राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा ई-मेलमार्फत पठाउन सक्नेछन् ।
राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्था अनुसार नयाँ आर्थिक वर्ष सुरु भएको १५ दिनभित्र मौद्रिक नीति जारी गर्नुपर्छ ।