काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्र सुधारका लागि कार्यदल गठन गरेको छ । राष्ट्र बैंकले बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेस गर्न रेवतबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हो ।
उक्त कार्यदलको समयावधि एक महिनाको रहने राष्ट्र बैंकले जनाएको छ ।
कार्यदलले बैंकिङ नीति नियमनलाई उदार तर विवेकशील, जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैंकिङ सेवाको विकासका सम्बन्धमा अध्ययन गर्नेछ ।
साथै कार्यदलले आर्थिक गतिविधि पूर्ण चलायमान बनाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिकाको सम्बन्धमा समेत अध्ययन गर्नेछ भने ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदमका सम्बन्धमा पनि अध्ययन गरी उपयुक्त सुझाव दिनेछ ।
बैंक तथा वित्तीय संस्थाको मर्जरपछिका समस्याहरूको पहिचान तथा समाधान गर्ने विषयमा पनि कार्यदलले अध्ययन तथा अनुसन्धान गर्नेछ । त्यस्तै, नेपाललाई ग्रे लिष्टबाट हटाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका सम्बन्धमा पनि कार्यदलले काम गर्ने जनाईएको छ ।
पूँजीबजार विकासमा केन्द्रीय बैंकको समन्वयात्मक भूमिका विषयमा पनि कार्यदलले अध्ययन गरी सुधारका लागि आवश्यक कदम सुझाउने छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्