काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ झिक्ने भएको छ । बैंकमा अत्याधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले असार ४ गते निक्षेप संकलन बोलकबोलमार्फत ९० अर्ब रुपैयाँ झिक्ने भएको हो ।
राष्ट्र बैंकले बैंकिङ प्रणालीमार्फत झिक्न लागेको उक्त निक्षेपको अवधि ३५ दिनको हुनेछ ।
राष्ट्र बैंकले एक सुचना जारी गर्दै बुधबार दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई आह्वान गरेको छ । कम्तिमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप बढिरहे पनि कर्जा लगानी सुस्त हुँदा बैंकहरुमा तरलता थुप्रिरहेको छ । यसरी बैंकिङ प्रणालीमा थुप्रिएको तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले विभिन्न समयमा रिभर्स रिपो अर्थात निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीबाट पैसा तान्दै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्