Skip to content
LAXMI SUNRISE BANK

नेपाल टेलिकमको सेवा अवरुद्द, प्रयोगकर्ता मर्कामा !

अर्थ सरोकार

काठमाडौँ । नेपाल टेलिकमको सेवामा समस्या देखिएको छ । सोमबार बिहान ११ बजेबाट काठमाडौंसहितका क्षेत्रहरुमा टेलिकमको भ्वाइस तथा डेटा सेवामा समस्या देखिएको हो ।

टेलिकमको सेवा अवरुद्द हुँदा फोन नलाग्ने तथा डेटा नचल्नेलगायतका समस्या देखिएका छन् । बिहानैबाट आएको यस्तो समस्याका कारण थुप्रै प्रयोगकर्ता मर्कामा परेका छन् । यसअघि पनि पटकपटक टेलिकमको सेवामा विभिन्न समस्या देखिंदै आएको छ ।

जेठ २५ गते आइतबार मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमको बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार गरेको भन्दै टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडी, पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल, पूर्व मुख्यसचिव अर्यालसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK