काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको पूँजी बजार संकुचनमा रहेको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।
उनले पूँजी बजारसँगै नेपालको श्रम बजार पनि संकुचनमा रहेको बताएका छन् ।
उद्योगमन्त्री भण्डारीले पूँजीबजार गुञ्जायमान हुन नसकेको भन्दै श्रम बजार पनि अपेक्षा गरेको श्रम बजार बन्न नसकेको बताए । ‘आज नेपालको श्रम र पूँजीबजार संकुचनमा छ ।’, उनले भने, ‘पूँजीबजार गुञ्जायमान हुन सकेन । त्यसैगरी नेपालको श्रम बजार पनि हामीले अपेक्षा गरेको श्रम बजार बन्न सकेन ।’
त्यस्तै, उनले नेपालको श्रम बजार नेपालीले भन्दा अरुले नै आफ्नो बाहुल्यताको क्रमशः विस्तार गर्दै गइरहेको बताएका छन् । नेपालको श्रम बजारले खोजिरहेको कुरा शिक्षा प्रणालीले दिन नसकेको मन्त्री भण्डारीको भनाई छ । श्रम बजारमा रहेका समस्याको समाधान गर्न सरकार लागिरहेको भन्दै नेपाली श्रम बजार नेपालीहरु र नेपाली सीपको श्रम बजार बन्नुपर्नेमा उद्योगमन्त्री भण्डारीले जोड दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्