काठमाडौँ । चालु आर्थिक वर्षको पछिल्लो एक महिनामा साढे १ खर्बबढी रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार बैशाख महिनामा १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स नेपाल भित्रिएको हो । एकमहिनाको अवधिमा भित्रिएको रेमिट्यान्समध्ये यो हालसम्मकै उच्च हो ।
यसअघि फागुन २०८१ मा सबैभन्दा धेरै १ खर्ब ५१ अर्ब २० करोड रेमिट्यान्स भित्रिएर कीर्तिमान बनेको थियो भने उक्त कीर्तिमान बैशाखमा तोडिएको छ ।
राष्ट्र बैंकका अनुसार बैशाख मसान्तसम्म १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । उक्त रेमिट्यान्स गत वर्षको १० महिनाको तुलनामा १३.२ प्रतिशतले बढी हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्