काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यार्थीलाई डिप्लोमा उत्तीर्ण नभइ एनओसी दिन नहुने बताएका छन् । सामुदायिक क्याम्पसहरुको दिगोपन र उत्कृष्टता सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पन्तले यस्तो बताएका हुन् ।
उनले कक्षा १२ पास गर्ने बित्तिकै विद्यार्थीलाई कुनैपनि हालतमा देश बाहिर पठाउनु नहुने बताएका छन् । कक्षा १२ पास गर्दा उनीहरुको उमेर सानै हुने भएकाले सरकारले यसबारेमा सोच्न जरुरी रहेको पन्तको भनाई छ ।
उनले सबै राजनीतिक दलहरु एकमत भएर यस विषयमा बोल्ड निर्णय गर्न जरुरी रहेको बताए । डिप्लोमा नगरी विदेश अध्ययन गर्न जाने कुराले देशको भविष्य अन्धकार हुँदै गएको पन्तको भनाई छ ।
‘साँच्चै भन्नुहुन्छ भने मेरो मनमा लागेको कुरा के हो भने एउटा राष्ट्रिय बहस होस्, प्लस टु पास गरेको विद्यार्थीलाई कुनैपनि हालतमा देश बाहिर पठाउनु हुँदैन भन्ने मेरो मान्यता बलियो हुँदै गइरहेको छ ।’, उनले भने, ‘यो प्लस टु पास गर्नासाथ विदेश जाने कुरा रोक्नुपर्छ । होइन भने देशको भविष्य ध्यानमा राख्ने हो भने कमसेकम डिप्लोमा पास नगरी एनओसी दिने कुरा रोक्नुपर्छ । अहिलेको परिस्थितिले त्यही देखाउँछ ।’
त्यस्तै, मन्त्री पन्तले विदेश मोहलाई नियन्त्रण गर्नुपर्ने बताए । मुलुक भित्रभित्रै खोक्रो बनिरहेको र त्यसलाई रिफर्म गर्ने शिक्षा मन्त्रालय रहेको मन्त्री पन्तको भनाई छ । उनले विद्यार्थी पलायन हुनबाट रोक्नका लागि के गर्ने ? भन्नेमा आफू चिन्तित रहेको र राति निद्रासमेत नलाग्ने गरेको बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्