Skip to content
LAXMI SUNRISE BANK

बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक (सूचनासहित)

अर्थ सरोकार

काठमाडौँ।  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको ७० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्ने भएकाे हाे ।

राष्ट्र बैंकले वाणिज्य बैंकमा ५६ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा १० करोड ५० लाख र राष्ट्रियस्तरका वित्त कम्पनीमा ३ करोड ५० लाख रुपैयाँ लगानी गर्ने भएकाे छ ।

यो रकम ३६६ दिनका लागि मुद्दति निक्षेपका रुपमा जम्मा गरिने राष्ट्र बैंकले जनाएको छ । साथै, यसरी राखिएको मुद्दती निक्षेपको ब्याज बैंक तथा वित्तीय संस्थाले मासिक रुपमा भुक्तानी गर्नुपर्नेछ।

इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले जेठ २१ गतेसम्म उचित ब्याजदर प्रस्ताव गरी दरखास्त आह्वान गर्न सक्नेछन् । सूचनासहित:

notice

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK