Skip to content
LAXMI SUNRISE BANK

नेपाल बैंकबाट २० अर्ब हराएको भन्दै खोजिदिन महालेखामा निवेदन

अर्थ सरोकार

काठमाडौँ । घुसकाण्डले बदनाम बनेको नेपाल बैंकबाट २० अर्ब रुपैयाँ हराएको भन्दै खोजिदिन महालेखा परीक्षकको कार्यालयमा निवेदन परेको छ । 

बैंकबाट साना तथा मझौला उद्योग कर्जा शीर्षकमा २०७४ चैत्र र २०७५ असारमा स्वीकृत कर्जाको रकम बैंकको सिस्टमबाट हराएको भन्दै हराएको रकम खोजी गरिदिन र दोषीलाई कारवाहीको माग गर्दै निवेदन परेको हो ।

‘बैंकहरुले उत्पादनशील क्षेत्रमा के कति कर्जा प्रवाह गरेका छन् भनी अध्ययन गर्ने क्रममा नेपाल बैंकले उपलब्ध गराएका आर्थिक विवरणहरु अध्ययन गर्ने क्रममा बैंकले करिब २० अर्ब ४० करोड १५ लाख कर्जा रकम गलत ऋणी देखाएर अपचलन गरेको देखियो ।’, उजुरीमा भनिएको छ, ‘सो विषयमा के भएको हो रु विस्तृत अध्ययन गरी अपचलन गर्ने जो कोहीलाई पनि आवश्यक कारवाही गर्न हार्दिक अनुरोध गर्दछु ।’,  निवेदनमा भनिएको छ ।

सोमबारमात्रै बैंकका अध्यक्षले ऋण दिने नाममा घुस लिएको प्रमाणित भएपछि बैंकका तत्कालीन अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले सिइओ तिलक राज पाण्डेविरुद्ध पनि अनुसन्धान अगाडि बढाएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK