काठमाडौँ । कास्कीको रुपा गाउँपालिकाले ‘रुपाकी छोरी’ कार्यक्रममार्फत नयाँ जन्मने छोरीहरूका नाममा खाता खोल्न प्रोत्साहन गरी न्यूनतम रकम निजको खातामा जम्मा गर्ने कार्यक्रम अघि बढाउने भएको छ ।
गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममा ‘छोरी काखामा, बचत खातामा’ नाराका साथ कार्यक्रम अघि बढाएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिएका छन् ।
गाउँपालिकाले विशेष संरक्षण तथा हेरचाहको आवश्यकता भएका बालबालिकाको पहिचान गरी उनीहरूको उचित व्यवस्थापनका लागि उचित कार्यक्रम सञ्चालन गरिने जनाएको छ । आपत्कालीन बालकोषको स्थापना भइसकेकाले यसको परिचालन गर्दै आपत्मा परेका बालबालिकाको उद्धार तथा संरक्षणका लागि गाउँपालिकामा एक बाल संरक्षण तथा स्याहार केन्द्र स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न लागेको समेत अध्यक्ष ओझाले बताएका छन् ।
पाँच वर्षमुनिका बालबालिकाको पोषण अवस्था सुधारसम्बन्धी कार्यक्रम सञ्चालन गरिने पनि जनाइएको छ । बाल विवाह, बाल हिंसा, लागु पदार्थ दुर्व्यसनी तथा दुव्र्यवहारलगायतका सामाजिक कुरीतिविरुद्ध नागरिक सचेतना कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ ।
बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणाका लागि आधार वर्षका रुपमा दिई २०८२ साल भदौ २९ गते घोषणा गर्ने गरी स्थानीय बाल अधिकार समिति, वडास्तरीय बालअधिकार समिति, गाउँपालिका र वडास्तरीय बाल सञ्जालको गठन, पुनर्गठन, अभिमुखीकरण तथा परिचालनका साथै निर्धारित सूचकमा आधारित कार्यक्रमलाई निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्