Skip to content
LAXMI SUNRISE BANK

सप्तकोशी डेभलपमेन्ट बैंकको संस्थापक सेयर लिलामी बिक्री खुला

अर्थ सरोकार

काठमाडौँ । सप्तकोशी डेभलपमेन्ट बैंकले संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । बैंकले जेठ १९ गतेदेखि ४० हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो ।

उक्त सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम ११० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

सो सेयरमा जेठ २५ गतेसम्म आवेदन दिन मिल्ने बैंकले जनाएको छ । बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल, बाटुलेघर डिल्लीबजार काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK