काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडलाई ६५ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमति दिएको छ । मङ्सिर २० गते धितोपत्र बोर्डमा हकप्रद शेयर निष्कासनको प्रस्ताव पेश गरेको कम्पनीलाई सेबोनले सोमबार हकप्रद शेयर निष्कासनका लागि स्वीकृति दिएको हो ।
सेबोनसले कम्पनीलाई हाल कायम चुक्ता पूँजीको आधारमा १ बराबर ०.६५ को अनुपातमा २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि अनुमति दिएको हो ।
हालको चुक्ता पूँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको कम्पनीको पूँजी हकप्रद निष्कासनपछि ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले प्राप्त हुने पूँजीलाई आयोजनाहरूको निर्माण तथा विकासमा खर्च गर्ने बताएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्