काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ब्युटिफुल वाल्स प्रालिलाई कारवाही गरेको छ । काठमाडौँ महानगरपालिका–१६ मा रहेको उक्त कम्पनीलाई विभागले कारवाहीस्वरुप २ लाख ६० हजार जरिवाना तिराएको हो ।
नियमित अनुगमनका क्रममा उत्पादनमा एमआरपी लेबल नराखेको, रिलेबलिङ गरेको, गुणस्तर, परिणाम, मूल्य र नापतौल हेरफेर गरेको पाइएपछि उक्त कम्पनीलाई कारवाही गरिएको विभागले जनाएको छ ।
विभागका अनुसार उक्त कम्पनीलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) को कसुर र सोही ऐनको दफा ३९ को १ (ख) बमोजिम कारबाही गरिएको हो । कारवाही स्वरुप कम्पनीलाई नगद जरिवाना तिराइएको विभागले जनाएको छ ।
विभागले सोमबार मात्र १७ वटा उद्योग तथा फर्मको अनुगमन गरेको थियो । जसमध्ये १० कम्पनीलाई उद्योग तथा फर्मलाई ३ दिनभित्र व्यवसायसँग सम्बन्धित कागजात लिई विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । त्यस्तै, ६ वटा कम्पनीलाई सामान्य तथा उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम व्यावसायिक मापदण्ड पूरा गरी व्यापार व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्