काठमाडौँ । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सरकारले आगामी आर्थिक वर्षको बजेटमा ल्याएको ‘टेक एण्ड पे’ प्रावधान सच्याइने बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उर्जामन्त्री खड्काले यस्तो बताएका हुन् ।
उनले आगामी आर्थिक वर्षको बजेटमा ‘टेक एण्ड पे’, ‘टेक अर पे’ का विषयले चर्चा पाएको बताउँदै यो बुझेर वा नबुझेर वा गल्तीले जुनसुकै कारणले आएको भएपनि सच्याइने बताएका छन् । त्यसका लागि उर्जा मन्त्रालयले निर्णय गरेर अर्थ मन्त्रालय पठाइसकेको समेत मन्त्री खड्काले बताएका छन् ।
त्यस्तै, उनले लक्ष्य एकतिर र काम अर्कोतिर हुन नसक्ने पनि बताएका छन् । लक्ष्य पहिल्याउनका लागि प्रशस्त मेहनत गर्नुपर्ने आवश्यकता रहेको मन्त्री खड्काले बताएका छन् ।
आगामी आर्थिक वर्षको बजेटमा आएको नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत आयोजनाको ‘टेक एण्ड पे’ (लिएपछि मात्रै तिर) प्रावधानअनुसार विद्युत खरिद सम्झौता (पीपीए) गर्ने घोषणाका विरुद्ध ऊर्जा उत्पादकहरुले असन्तोष व्यक्त गर्दै आएका छन् । मन्त्री खड्काले अबका १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्नसके खपत हुने कुराको सुनिश्चितता गरिएको बताए । त्यसका लागि सबै मिलेर काम गर्नुपर्ने जरुरी रहेको उनले बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्