×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘स्थानीय तहको राजश्वको स्रोत संघले खोस्यो’- सुनिता डङ्गोल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘स्थानीय तहको राजश्वको स्रोत संघले खोस्यो’- सुनिता डङ्गोल

Artha Sarokar

२६ जेष्ठ २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले स्थानीय तहहरु अझै पनि संघ सरकारसँग निर्भर बन्नुपरेको बताएकी छिन् । संघीयताको दृष्टिले आगामी आर्थिक वर्ष २०८२/८३ को सन्दर्भमा काठमाडौँमा भएको कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । 

उनले अधिकांश स्थानीय तहको बजेट संघीय सरकारले उपलब्ध गराउने अनुदानमै निर्भर रहेको बताएकी छिन् । साथै उनले पालिका सरकारहरुको क्षमता बढाउन नसकिएको नसकिएको समेत स्वीकार गरेकी छिन् । 

स्थानीय सरकार ऐन, २०७४ ले लघु घरेलु, तथा साना उद्योग व्यवस्थापन अन्तर्गत इजाजत, दर्ता नविकरणदेखि खारेजीसम्मको अधिकार दिएको डङ्गोलको भनाई छ । तर, स्थानीय सरकारले यी अधिकार पूर्ण रुपमा उपयोग गर्न नपाएको उपमेयर डंगोलले बताएकी छिन् ।

‘अधिकांश स्थानीय सरकारको बजेट संघीय सरकारबाट आएको अनुदानले नै बन्ने गरेको छ । अहिले पनि ८० प्रतिशत भन्दा बढी बजेट संघीय सरकारको अनुदानमा निर्भर हुन्छ । आफ्नै राजश्वबाट स्रोत उठाउने कुरा अझै पनि धेरै पालिकामा कमजोर छ ।’, उनले भनिन्, ‘नेपालको संविधानले बाहल कर एकल रुपमै स्थानीय तहलाई दिएको छ । तर संस्थागत बाहल करलाई आयकरका रुपमा संघीय सरकारले लिइरहेको छ । जसकारण स्थानीय तहको राजश्वको स्रोतलाई असर पारिरहेको छ ।’

त्यस्तै, उनले विद्यालय तहको शिक्षालाई स्थानीय तहको एकल अधिकारको रुपमा दिएपनि संघीय सरकारले अधिकार खुम्चाउने तवरले नीति ल्याएको समेत आरोप लगाएकी छिन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी