काठमाडौँ । कुखुराको मासुको मूल्य घटेको छ । जेठ १९ गतेदेखि लागू हुने गरी बोइलर कुखुराको मासुको मूल्य घटेको हो ।
राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार कुखुराको मासुको मूल्य किलोमा १० देखि १५ रुपैयाँसम्मले घटेको छ । जिउँदो कुखुराको मूल्य प्रतिकिलो १० रुपैयाँले घटेर २ सय ४० रुपैयाँ कायम छ । यसअघि जिउँदो कुखुराको प्रतिकिलो मूल्य २ सय ५० रुपैयाँ थियो ।
त्यस्तै, तयारी मासुको मूल्य किलोमा १५ रुपैयाँले घटेको छ । मूल्य घटेसँगै यसअघि ३ सय ५० रुपैयाँ रहेको तयारी मासुको मूल्य ३ सय ३५ रुपैयाँ कायम भएको संघले जनाएको छ ।
गर्मी मौसममा मागभन्दा बढी उत्पादन भएका कारण मासुको मूल्य घटेको व्यवसायीहरुले बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्