×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय सभामा पनि मागियो गृहमन्त्रीको राजिनामा, प्रतिनिधि सभा चल्ने टुंगो छैन !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

राष्ट्रिय सभामा पनि मागियो गृहमन्त्रीको राजिनामा, प्रतिनिधि सभा चल्ने टुंगो छैन !

Artha Sarokar

२६ जेष्ठ २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । माओवादी केन्द्रका सांसद सुरेश आलेमगरले मानव तस्करीको नयाँ काण्डका रुपमा देखापरेको भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् । सोमवार राष्ट्रिय सभाको आकस्मिक समयमा बोल्दै सांसद आलेमगरले यस्तो बताएका हुन् । 

उनले गृहमन्त्रीको नैतिकता र इमान्दारितामा शंका नभएपनि उनी मातहतको कार्यालयमा रहेका व्यक्तिहरुको छानविनमा सहयोग गर्नकै लागि भएपनि गृहमन्त्रीले राजीनामा दिनुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधि सभामा प्रतिपक्षी दलहरुले संसदीय छानविन समिति बनेमा गृहमन्त्रीको राजीनामा माग नगर्ने भन्नेकुरा सहमति नजिक पुगेपनि टुंगो नलागेको बताउँदै उनले यदि सहमति नभएमा गृहमन्त्रीले राजीनामा दिएर छानविनलाई सहज बनाइदिनुपर्ने बताएका छन् । 

त्यस्तै, उनले गृहमन्त्री रमेश लेखक नै पदमा रहँदासम्म निष्पक्ष छानविन हुन नसक्ने र कुनै न कुनै प्रकारले छानविन प्रभावित हुने भएकाले त्यसको निराकरणका लागि पनि गृहमन्त्रीले राजीनामा दिनुपर्नेमा सांसद आलेमगरले जोड दिएका छन् । अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराईसहित अन्य व्यक्तिहरुको छानविनमा सहजताका लागि गृहमन्त्रीको राजीनामा माग गरिएको उनले स्पष्ट पारेका छन् । 

यता गृहमन्त्रीको राजिनामा माग गर्दै विपक्षी दलले अवरोध गरेपछि प्रतिनिधि सभा सञ्चालनमा कठिनाइ भएको छ । उनीहरुले गृहमन्त्रीको राजिनामा र भिजिट भिसा प्रकरणमाथि छानविन गर्न छानविन समिति बनाउनुपर्ने माग राख्दै आएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी