×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘ब्याजदर घट्दा पूँजी पलायनको खतरा बढ्यो’- राजेश उपाध्याय

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘ब्याजदर घट्दा पूँजी पलायनको खतरा बढ्यो’- राजेश उपाध्याय

Artha Sarokar

२७ जेष्ठ २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले बैंक तथा वित्तीय संस्थामा ठूलो मात्रमा लगानीयोग्य रकम थुप्रिएको र ब्याजदर समेत घट्दै गएका कारण पुँजी पलायनको खतरा बढेको बताएका छन् । काठमाडौँमा आयोजित ‘प्रि मनिटरी पोलिसी डिस्कसन’ कार्यक्रममा उनले यस्तो बताएका छन् ।

वरिष्ठ उपाध्यक्ष उपाध्यायले लगानीयोग्य रकम थुप्रिने र ब्याजदर यस्तै तल रहिरहे भोलिका दिनमा पुँजी पलायन हुनसक्ने बताएका छन् । उनले गलत ठाउँमा लगानी हुनसक्ने हुँदा बैंकहरुले थुप्रिएको पुँजीलाई कहाँ लगानी गर्ने ? भन्ने विषयमा आगामी मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने पनि धारणा राखेका छन् ।

त्यस्तै, हाल नेपालमा लगानी गर्नसक्ने अवस्था नरहे भारतको ट्रेजरी मार्केटमा बैंकहरुलाई लगानी गर्न राष्ट्र बैंकले दिनुपर्ने उनले बताएका छन् । वित्तीय अनुशासनमा समेत यस्ता विषय पर्ने भएकाले यसलाई कायम गराउन जरुरी रहेको उनको भनाई छ ।

उपाध्यायका अनुसार नेपालमा प्रोभिजनको व्यवस्था सबैभन्दा कडा भएकाले पनि समस्या भएको छ । भारतको उदाहरण दिँदै उनले यदी धितो छ भने तीन वर्ष नभई सतप्रतिशत प्रोभिजन गर्नुपर्ने आवश्यकता नपर्ने बताए । तर, नेपालमा पहिलो वर्षमै सतप्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्थाले ठूलो दबाब पैदा गरेको बताएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी