काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २६ वर्षीया सुजनी कुमारी साह, ३४ दिपक कुमार उदास र २३ वर्षीय रेशिका हमाल न्यौपाने रहेका छन् ।
उनीहरुले आकर्षक तलबको प्रलोभनमा पारेर युके, लुथिनिया लगायतका देश पठाउने भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेर थिए । उनीहरुलाई पीडितले दिएको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार सुजनी कुमारी साहले युके पठाउने भन्दै १७ लाख ४ हजार, दिपक कुमार उदासले पनि युके पठाउने भन्दै २ लाख ३४ हजार र रेशिका हमाल न्यौपाने लुथिनिया पठाउने भन्दै ६ लाख ८ हजार रुपैयाँ ठगी गरेका थिए ।
हाल उनीहरुलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।