Skip to content
LAXMI SUNRISE BANK

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनका तीन डल्ला बरामद, एकजना पक्राउ 

अर्थ सरोकार

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक किलो भन्दा बढी सुनसहित एकजनालाई पक्राउ गरिएको छ । मंगलबार राती ५३ वर्षीया मीना सुर्जित खेमानीलाई पक्राउ गरिएको हो । 

उनलाई विमानस्थलको भन्सार एरियाको टनेलबाट १ किलो १ सय ५९ ग्राम सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार पक्राउ परेका खेमानीको साथबाट अर्धठोस स्वरुपमा अवैध रुपमा ल्याइएको सुन पनि बरामद गरिएको छ । उनी एयर अरेबियाको उडानमार्फत शारजाहबाट काठमाडौँ आएकी थिइन् । 

उनको साथबाट बरामद गरिएको सुन प्लाष्टिकमा र्याप गरिएको अवस्थामा तीन वटा डल्ला अर्धठोस अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK