काठमाडौँ। ट्रेड टावर लिमिटेडको आइपीओ बाँडफाँडको मिति तय भएको छ । कम्पनीको आइपीओ आगामी आइतबार अर्थात असार १ गते बाँडफाँड हुने भएको हो ।
बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार आइपीओको मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथामार्फत बाँडफाँड गरिने छ।
कम्पनीले निष्कासन गरेको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३२ लाख ९६ हजार ५ सय ५ कित्ता सेयरका लागि २१ लाख ६९ हजार ८९१ जना लगानीकर्ताले आवेदन दिएका छन्। जुन मागभन्दा ७.८२ गुणा बढी आवेदन हो ।