×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विदेश पठाउने भन्दै लाखौँ ठगी गर्ने दुई जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

विदेश पठाउने भन्दै लाखौँ ठगी गर्ने दुई जना पक्राउ

Artha Sarokar

२३ जेष्ठ २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४० वर्षिया प्रमिला बरुवाल र ३४ वर्षीय मोहन पोख्रेल रहेका छन् ।

उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरुले राम्रो देश, राम्रो काम र आकर्षक तलबको प्रलोभनमा पारेर पीडितबाट रकम ठगेर विदेश नपठाई फरार भएका थिए ।

पक्राउ परेकी प्रमिला बरुवालले युके पठाउने भन्दै पिडीतबाट ३२ लाख ३५ हजार र मोहन पोख्रेलले पोल्याण्ड पठाउने भन्दै १० लाख रुपैयाँ ठगी गरेका थिए ।

उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी