×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विदेश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

विदेश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

Artha Sarokar

३० जेष्ठ २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५१ वर्षीय राज कुमार मानन्धर र ४० वर्षीय ओम बहादुर खत्री रहेका छन् ।

उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरुले आकर्षक तलबको प्रलोभनमा पारेर पीडितहरुबाट रकम ठगी गरेर सम्पर्कविहीन भएका थिए ।

पक्राउ परेका मानन्धरले अमेरिका पठाउने भन्दै पीडितबाट ४९ लाख ९७ हजार रुपैयाँ र खत्रीले युके पठाउने भन्दै ६ लाख ७५ हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

हाल भने उनीहरुलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी