काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २६ वर्षीय दिपेन्द्र गुरुङ र ३४ वर्षीया रुपी मायाँ रहेका छन् ।
उनीहरुलाई पीडितले दिएको जाहेरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरुले आकर्षक तलबको प्रलोभनमा पारेर पीडितबाट रकम ठगी गरेर सम्पर्क विहिन भएका थिए ।
पक्राउ परेका गुरुङले बुसनिया पठाउने भन्दै ७ लाख रुपैयाँ र मायाँले मलेसिया पठाउने भन्दै ५ लाख ५७ हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । हाल भने उनीहरुलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।