Skip to content
LAXMI SUNRISE BANK

विजय लघुवित्तका ऋणीहरूलाई ऋण तिर्न ३५ दिनको समय, ऋण नतिरे कालो सूचीमा राखिने !

अर्थ सरोकार

काठमाडौँ। विजय लघुवित्त वित्तीय संस्थाले ऋणीहरूलाई ऋण तिर्न ३५ दिनको समय दिएको छ। नियमित रूपमा किस्ता नतिर्ने र सम्पर्कमा नरहेका आफ्ना ऋणीहरूलाई लघुवित्तले कर्जा भुक्तान गर्न विभिन्न पत्रिकामा ३५ दिने सूचना प्रकाशित गरेको हो ।

विभिन्न शाखा कार्यालयहरूबाट कर्जा लिई नियमित रूपमा किस्ता बुझाउन असमर्थ रहने तथा अटेरी गर्ने कर्जा ग्राहीलाई पटक पटक लिखित, मौखिक तथा फोन गरेर ताकेता गर्दा पनि ऋण तिर्न नआएपछि संस्थाले ऋण तिर्न ३५ दिनको सूचना जारी गरेको छ।

सो अवधिमा पनि कर्जाको साँवा तथा ब्याज बुझाउन नआउने ऋणीहरूलाई संस्थाले लिन बाँकी रकम असुल उपर गर्ने तर्फ आवश्यक कारबाही गर्ने तथा ऋणीलाई कर्जा सूचना केन्द्रको कालो सूचीमा सुचीकृत गरिने छ संस्थाले जनाएको छ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK