Skip to content
LAXMI SUNRISE BANK

‘भिजिट भिसा प्रकरणले देशकै इज्जत घटायो’- रास्वपा 

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पनि संसद् अवरोध जारी राखेका छन् । प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा दुवै पार्टीका सांसदहरुले उठेर विरोध जनाएका हुन् । 

सभामुखले सदनको कारबाही शुरु गरेलगत्तै उनीहरुले उठेर विरोध जनाएका थिए । सभामुख देवराज घिमिरेले रास्वपा सांसद चन्दा कार्की भण्डारीलाई बोल्न समय दिएपछि सांसद भण्डारीले भिजिट भिसाको आवरणमा ट्राभल एजेन्सी, एयरलाइन्सहरु, अध्यागमन विभाग र गृह मन्त्रालयसमेत संलग्न रहेको भन्दै मानव तस्करी भएको बताइन् ।

उनले भिजिट भिसा प्रकरणले नेपालको इज्जत घटाउनुका साथै गरिमा धूमिल बनाएको बताइन् । आपराधिक क्रियाकलापविरुद्ध रास्वपाले निरन्तर आवाज उठाइरहेको तर सरकारले गम्भीरतापूर्वक नलिएको उनको आरोप छ । 

२०६४ सालदेखि यो समस्या रहेकाले यसको जालो अब च्यात्नुपर्ने सांसद कार्कीले बताइन् । उनले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाइ दोषीमाथि कारबाही गरी सुशासन स्थापना गर्न आग्रह गरेकी छिन् । सरकारले रोष्टमबाट धम्क्याएको बताउँदै गृहमन्त्रीलाई आफूहरुले अपराधी नभनेको बरु भिजिट भिसाको आवरणमा रहेको मानव तस्करीको जालो च्यात्न र ठगिएका नागरिकलाई न्याय दिन उच्चस्तरीय छानविन समिति वा न्यायिक आयोग गठन गर्न माग गरेको बताएकी छिन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK