काठमाडौँ । अर्थ समितिका सभापति सन्तोष चालिसेले विधि पुर्याउने नाममा बैंकहरुले ऋणीलाई दुःख दिने गरेको बताएका छन् । अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले बैंक तथा वित्तीय संस्थामा ठूलो मात्रामा तरलता थुप्रिएको बताउँदै विधि पुर्याउने नाममा बैंकहरुले ऋणीहरुलाई दुःख दिने गरेको बताएका छन् ।
त्यस्तै, चालिसेले काम गर्न चाहनेलाई क्षमताको आधारमा बैंकले सहज रुपमा कर्जा दिने वातावरण बनाउनुपर्नेमा पनि जोड दिएका छन् । उनले साना उद्योगीलाई ऋण दिने विषय प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।
अर्कोतर्फ हाल १४ प्रतिशतबाट ७ प्रतिशतमा ब्याजदर झर्दा पनि बैंकमा कोही पनि पैसा लिन नजानु चिन्ताको विषय भएको उनको भनाई छ । उनले अरु देशमा प्रमाणपत्रका आधारमा पनि ऋण दिने व्यवस्था भएको सम्झिँदै नेपालमा पनि त्यसबारे सोच्नुपर्ने बेला भएको बताएका छन् ।