Skip to content
LAXMI SUNRISE BANK

‘गृह मन्त्रीमाथी छानविन गर्न सरकार तयार भए मात्रै संसद् चल्न दिन्छौँ’- हितराज पाण्डे

अर्थ सरोकार

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसाका नाममा भइरहेको मानव तस्करी सुशासनको मुख्य मुद्दा भएको बताएका छन् । संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । 

भिजिट भिसा प्रकरणका सम्बन्धमा प्रतिपक्षीले उठाएको मुद्दा गृहमन्त्रीको राजीनामाको विषय मात्र नभई सुशासनको विषय भएको उनको भनाइ छ । उनले भिजिट भिसाका नाममा भएको मानव तस्करीको विषयमा सरकारले संसद्मा जवाफ दिएर छानबिन समिति बनाउन तयार भए संसद्को कारबाही अघि बढाउन प्रतिपक्षी तयार रहेको पनि बताएका छन् ।

‘संवैधानिक आयोग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको र मुद्दा चलाइरहेको विषय भिजिट भिसा प्रकरणसँग मेल खाँदैन ।’, उनले भने, ‘यसमा त आम जनताले के के भोगिरहेको छ भन्ने कुरा हेर्ने होला नि त । यो मूलतःः सुशासनको विषय हो । उहाँहरुको सहसचिव तीर्थ भट्टराईको मात्रै कुरा गर्नुहुन्छ ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक भ्रमणमा जाने नागरिकहरूसँग रकम असुली हुने गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थ भट्टराई लगायत केही कर्मचारीहरू विरुद्ध अनुसन्धान अघि बढाएको छ । यस मुद्दालाई लिएर विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आएका छन् । संसद् बैठक अवरोधकै कारण आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल समेत प्रभावित भएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK