Skip to content
LAXMI SUNRISE BANK

क्रोएसिया पठाउने भन्दै १९ लाख ठग्ने महिला पक्राउ

अर्थ सरोकार

काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ परेका छिन् । पक्राउ पर्नेमा ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नं. ०५ बस्ने ३५ वर्षिया मेनुका पुडासैनी रहेकी छिन् ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले आकर्षक तलबको प्रलोभनमा पारेर क्रोएसिया पठाउने भन्दै १९ लाख रुपैयाँ ठगी गरेर फरार भएकी थिइन् ।

हाल उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK