×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चालु पूँजी कर्जा मार्गदर्शन संशोधनः २ करोडसम्मका ऋण पुनरसंरचना सकिने ! 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

चालु पूँजी कर्जा मार्गदर्शन संशोधनः २ करोडसम्मका ऋण पुनरसंरचना सकिने ! 

Artha Sarokar

१० असार २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकले २ करोडसम्मका ऋण पुनरतालिकीकरण वा पुनरसंरचना गर्न मिल्ने व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशन, २०८१ मा संशोधन गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । 

योसँगै परिस्थितिवस् समस्यामा परेका २ करोड रुपैयाँसम्मका तोकिएका क्षेत्र (कृषि, उर्जा र लघु, घरेलु, साना तथा मझौला उद्यम) मा प्रवाह भएको कर्जा पुनरतालिकीकरण वा पुनरसंरचना गर्न सकिने भएको छ । 

‘…ऋणीको अनुरोधमा व्यावसायिक योजना तथा नगदप्रवाह लगायतका पक्षहरुको विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत रकम असुलउपर गरी एक पटकको लागि कर्जाको पुनरतालिकीकरण वा पुनरसंरचना गर्न सकिनेछ ।’, मार्गनिर्देशनमा उल्लेख छ । 

तर, यस्तो कर्जाको पुनरतालिकीकरण वा पुनरसंरचना २०८२ असोज मसान्तभित्र गरिसक्नुपर्नेछ । यसरी पुनरतालिकीकरण वा पुनरसंरचना गरिएको कर्जालाई २०८१ पुस मसान्तमा जुन वर्गमा वर्गीकृत गरिएको थियो कम्तीमा सोही वर्गमा वर्गीकरण गर्नुपर्नेछ । त्यस्तै, पुनरतालिकीकरण वा पुनरसंरचना अघि गरिएको कर्जा नोक्सानी व्यवस्था ‘राइट ब्याक’ गर्न नपाइने निर्देशनमा उल्लेख गरिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी