काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मल आयात गर्नको लागि २ अर्ब ८२ करोड रुपैयाँ विनियोजन भएको बताएका छन् । बुधबारको राष्ट्रिय सभाको बैठकमा मन्त्रालयको विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
उनले आगामी आर्थिक वर्षको मल आपुर्ति तथा व्यवस्थापनको कार्ययोजना तयार भइसकेको भन्दै सोहीअनुसार तीन लाख मेट्रिक टन मल आयातका लागि टेण्डर समेत आह्वान गरेको बताए ।
‘आगामी आर्थिक वर्षमा मल आयात गर्नको लागि २ अर्ब ८२ करोड रुपैयाँ विनियोजन भएको छ ।’, उनले भने, ‘आगामी आर्थिक वर्षको मल आपुर्ति तथा व्यवस्थापनको कार्ययोजना तयार भइसकेको छ र सोहीअनुसार तीन लाख मेट्रिक टन मल आयातका लागि टेण्डर समेत आह्वान भइसकेको छ ।’
त्यस्तै, उनले उन्नत बीउबिजनको उपलब्धताका सम्बन्धमा नेपाली कृषि अनुसन्धान परिषद् र कृषि विभाग अन्तर्गतका फर्महरुबाट विकास गरिएका उन्नत बिउहरु सहकारी, कृषकहरु, निजी कम्पनीहरुलाई उपलब्ध गराइएको पनि जानकारी दिएका छन् ।
स्वदेशी र स्थानीय बिउको प्रवर्द्धनका लागि एक सय ८० वटा स्थानीय तहका कृषकहरुलाई डिजिटल प्रविधिमार्फत उन्नत बिउमा अनुदान उपलब्ध गराउने गरी बजेट तथा कार्यक्रमको व्यवस्था मिलाइएको पनि उनको भनाई छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्