काठमाडौँ । दुई किलो सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले ठमेलबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेका छन् । उनीहरुलाई ज्याठास्थित चिनियाँ नामको होटलबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार उनीहरुलाई सोमबार साँझ नै पक्राउ गरिएको हो । उनीहरुको साथबाट दुई किलो सुनसहित २४ लाख रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
हाल पक्राउ परेका दुवैजनाविरुद्ध थप अनुसन्धान तथा कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्