Skip to content
LAXMI SUNRISE BANK

एक वर्षमा २ हजार ७३ प्रहरी कारवाहीमा परे, सबैभन्दा धेरै प्रहरी जवान

अर्थ सरोकार

काठमाडौँ । पछिल्लो एक वर्षमा दुई हजार भन्दा बढी प्रहरी कर्मचारी कारवाहीमा परेका छन् । नेपाल प्रहरीका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा २ हजार ७३ जना प्रहरी कर्मचारी कारवाहीमा परेका हुन् ।

कारवाहीमा पर्नेमा सबैभन्दा बढी प्रहरी जवान रहेका छन् । उक्त अवधिमा ९२४ जना प्रहरी जवान कारबाहीमा परेका हुन् ।

त्यसैगरी, ४२० जना  प्रहरी सहायक हवल्दार, ३४५ जना प्रहरी हवल्दार कारबाहीमा परेका छन् । असई १७३, सर्य ६९, वरिष्ठ हवल्दार ६०, कार्यालय सहयोगी ३९, इन्स्पेक्टर ३०, वरिष्ठ सई ९, एसएसपी १ र डीएसपी ३ जना कारवाहीमा परेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK