काठमाडौँ । नेपालको कुल जनसंख्याको ५२.६१ प्रतिशत जनसंख्या जीवन बीमाको पहुँच बाहिर रहेको पाइएको छ । आर्थिक वर्ष २०८२/८३ को वार्षिक बीमा नीति तथा कार्यक्रम जारी गर्दै नेपाल बीमा प्राधिकरणले यस्तो जानकारी दिएको हो ।
पत्रकार सम्मेलनका क्रममा बोल्दै प्राधिकरणका अध्यक्ष शरद ओझाले २०८२ साल वैशाख मसान्तसम्म नेपालको कुल जनसंख्याको ४७.३९ प्रतिशतमा जीवन बीमाको पहुँच पुगेको बताएका छन् ।
तुलनात्मक रुपमा ग्रामीण तथा न्यून आय भएका वर्गहरु हालसम्म पनि बीमा सेवाबाट बञ्चित रहेको बताए । बीमा विस्तारका लागि प्राधिकरणमा हाल १ सय ५८ जना र बीमा कम्पनीहरुमा २०८२ वैशाख मसान्तसम्म कार्यरत १२ हजार १ सय ६२ जना कर्मचारीको कार्यक्षमता अभिवृद्धि गरिएको जानकारी दिएका छन् । ग्राहक केन्द्रित सेवा र वितरण प्रणाली विकास गर्न तथा बीमा साक्षरतामा जोड दिन आवश्यक रहेको पनि बताएका छन् ।
‘२०८२ साल वैशाख मसान्तसम्म नेपालको कुल जनसंख्याको ४७.३९ प्रतिशतमा जीवन बीमाको पहुँच पुगेको छ भने ५२.६१ प्रतिशत जनसंख्या जीवन बीमाको पहुँच बाहिर छ । तुलनात्मक रुपमा ग्रामिण तथा न्यून आय भएका वर्गहरु हालसम्म पनि बीमा सेवाबाट वञ्चित छन् ।’, उनले भने, ‘बीमा विस्तारका लागि प्राधिकरणमा हाल १ सय ५८ जना र बीमा कम्पनीहरुमा २०८२ वैशाख मसान्तसम्म कार्यरत १२ हजार १ सय ६२ जना कर्मचारीको कार्यक्षमता अभिवृद्धि गर्दै अनुसन्धानमुलक तथा आवश्यकतामा आधारित नवीनतम बीमालेखहरु निर्माण गर्न ग्राहक केन्द्रित सेवा र वितरण प्रणाली विकास गर्न तथा बीमा साक्षरतामा जोड दिन आवश्यक देखिन्छ । प्रविधिमैत्री बीमा सेवा प्रदान गर्न अपरिहार्य भएको छ ।’
त्यस्तै, उनले प्रविधिमैत्री बीमा सेवा प्रदान गर्न अपरिहार्य भएको अध्यक्ष ओझाको भनाइ छ । प्राधिकरणले बीमा नीति हरेक वर्ष ल्याउने पनि जनाएको छ । बीमा प्रवर्द्धनलाई प्राथमिकतामा राख्ने पनि अध्यक्ष ओझाले बताएका छन् ।