Skip to content
LAXMI SUNRISE BANK

२० जनालाई अनौठो जागिर, काम बाँदर र बँदेल हेर्ने !

अर्थ सरोकार

काठमाडौँ । अर्घाखाँचीमा २० जनाले बाँदर र बँदेल हेर्ने जागिर पाएका छन् । डिभिजन वन कार्यालय अर्घाखाँचीले उनीहरुलाई सो जागिर दिएका हुन् । 

कार्यालयले बाँदर र बँदेल हेरालूमा उनीहरुको नाम छनौट गरेर सम्झौता तथा अभिमुखिकरणका लागि बोलाएको छ । 

कार्यालयका अनुसार वन्यजन्तु क्षति न्यूनिकरण, किसानको खेती सुरक्षित गर्ने तथा मानव-वन्यजन्तु सहअस्तित्व प्रवर्द्धन गर्ने उद्धेश्यले बाँदर र बँदेल हेरालु छनोट गरिएको हो । उनीहरुको काम बाँदर र बँदेल हेर्ने र कृषिबालीमा गर्ने क्षति न्यूनिकरण गर्ने भएको कार्यालयले जनाएको छ । 

सो जागिरका लागि डिभिजन वन कार्यालय र कार्यालय अन्तर्गतका वन व्यवस्थापन काममा सक्रिय समूह कोषमा मौज्दात आय राम्रो रहेका सामुदायिक वन समूहहरुको सहकार्यमा आर्थिक व्यवस्थापन गरिनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK